जनकपुरधामको उपमेयरमा एमालेका बागी चौधरीको उम्मेदवारी दर्ता

आसन्न स्थानीय तहको निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी दर्ता सुरु भएको छ । पहिलो उम्मेदवारको रूपमा नेकपा एमालेबाट बागी उठेका उमेश चौधरीले उपमेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

उपमेयरमा उम्मेदवारी दर्ता गराएका चौधरीको क्रम संख्या १ रहेको छ । चौधरीले एमालेबाट टिकट नपाएपछि बागी भएर उम्मेदवारी दर्ता गराएका छन् । 

चौधरीले पार्टीमा पुँजीपति हाबी भएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिए । आफू निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताए ।





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १३:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया