अछाममा सत्ता साझेदार ३ दलको गठबन्धन टुट्यो, छुट्टाछुट्टै प्रतिष्पर्धा गर्ने निर्णय

सत्ता साझेदार दल विभिन्न जिल्लामा गठबन्धनका लागि छलफल जारी राखेका छन् । कतै गठबन्धन गर्ने कुरा आइरहेको भने कतै गठबन्धन गर्नु हुँदैन भन्ने आवाज सुनिने गरेको छ । उम्मेदवारको मनोनयन दर्ता सुरु भइसक्दा पनि सुदूरपश्चिमका कुनै पनि जिल्लामा गठबन्धनका दलहरूले भागभण्डा मिलाउन सकेका छैनन् । बझाङमा टुंगो लगाएको भनिए पनि त्यसको पनि विरोध भइरहेको छ ।

अछाममा स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने जनाएको छ । गठबन्धनको जिल्लास्तरको नियमित बैठकले भागबण्डा टुंगो लगाउन नसकेपछि आ–आफ्नो तरिकाले प्रतिस्पर्धा गर्ने गरी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।

कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शरदसिंह भण्डारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीद्वारा हस्ताक्षर विज्ञप्तिमा सत्ता साझेदार दलको उच्च मर्यादालाई ख्याल गर्दै स्थानीय तहको निर्वाचन समितिलाई आपसमा तालमेल गर्न बाधा नपुग्ने गरी आपसी रूपमा अघि बढेन उल्लेख छ । प्रदेश कमिटीको बैठकहरू भने धनगढीमा जारी नै रहेको छ ।





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १३:५७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया