कर्णालीको भागबण्डा टुङ्ग्याउने जिम्मा गठबन्धनका शीर्ष नेतालाई
फाइल तस्वीर

कर्णाली प्रदेशमा आठ जिल्लामा प्रदेश तहका राजनीतिक नेतृत्वले गठबन्धनका लागि भागबण्डा टुंगाएका छन् । तर, प्रदेशका दुई जिल्ला, रुकुम पश्चिम र सुर्खेतका सवालमा भने भागबण्डा नमिल्दा कर्णालीमा गठबन्धनले अन्तिम निर्णय लिन सकेको छैन ।

भागबण्डा नमिलेका जिल्लाहरू, रूकुम पश्चिम र सुर्खेतका लागि भने शीर्ष नेताहरूबीच छलफल भएपछि मात्र कर्णालीको गठबन्धनले अन्तिम निर्णय लिने जनाइएको छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले भनिन्, ‘दुई जिल्लामा गठबन्धनको भागबण्डामा कुरा मिलेको छैन । यसका लागि शीर्ष नेताहरू बीच छलफल भएपछि कर्णालीको गठबन्धन टुंगिन्छ ।’

भागबण्डा नमिलेका दुई जिल्लाहरूका विषयमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता जनार्दन शर्माबीच छलफल हुने केसीले बताइन् ।





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १६:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया