नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । नौवटा पालिकाहरूमध्ये तीनवटामा महिला नेतृत्व अगाडि सारेको छ । एमालेले लालझाडा, बेलौरी र बेदकोटमा महिला उम्मेदवार उठाउने भएको हो ।
एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी (कुँवर) लाई उम्मेदवार बनाउने भएको छ । दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बू, उपमेयरमा खेमा चन्द, बेदकोट नगरपालिकाको मेयरमा सुशीला सिंह, उपमेयरमा लक्ष्मण रानाको टुङ्गो लगाएको छ ।
शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, मोनिका भण्डारी, कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्रप्रसाद पन्त, रमिता राना बडायक र पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुशीला खत्रीलाई टिकट दिएको छ ।
त्यस्तै, बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा, उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार बनाइएको छ । लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेल्डाडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुमारी राना उम्मेदवार बन्ने भएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।