६० यात्रु बोकेको डुंगा समुद्रमा डुब्यो, उद्धार कार्य जारी

यमनको उत्तरी सहर त्रिपोलीनजिकको समुद्रमा ६० जना यात्रु बोकेको डुंगा डुबेको लेबनानको रेडक्रसले जनाएको छ । 

लेबनिज रेडक्रसका अनुसार ६० जना यात्रु बोकेको डुंगा त्रिपोलीनाजिकै डुबेको हो । हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुंगा डुबेको अनुमान गरिएको छ ।
 
तर यस दुर्घटनाको अनुसन्धान सुरु भएको र अहिले नै के कति कारणले यो डुंगा डुबेको हो भन्ने बारेमा पत्ता नलागिसकेको लेबनिज रेडक्रसका अधिकारीहरुले जनाएका छन् ।

उक्त रेडक्रसले सो क्षेत्रमा उद्धारका लागि सात ओटा एम्बुलेन्स पठाइएको जनाइएको छ । अहिले नै त्यहाँ के कति क्षति पुगेको छ र ती यात्रु को हुन् भन्ने बारेमा पनि केही पत्ता नलागेको पनि सो रेडक्रसले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १७:५४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया