सुर्खेतका ६ पालिकामा राप्रपाले टुंग्यायो उम्मेदवार, वीरेन्द्रनगरको मेयरमा मुकुन्दश्याम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेतका ६ पालिकामा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । 

वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि मुकुन्दश्याम गिरीलाई राप्रपाले उम्मेदवार बनाएको छ । गिरी राप्रपाका केन्द्रीय उपाध्यक्ष हुन् ।

सिम्ता गाउँपालिको अध्यक्षमा टीकानाथ योगी र उपाध्यक्षमा लक्ष्मी पौडेल उम्मेदवार छन् । गुर्भाकोट नगरपालिकाको प्रमुखमा कलावली रेग्मी र उपप्रमुखमा मोहन सापकोटा, भेरीगंगा नगरपालिकाको प्रमुखमा गोपाल हमाल र उपप्रमुखमा मीना रानालाई राप्रपाले अघि बढाएको छ ।

लेकवेशी नगरपालिकाको प्रमुखमा रामप्रसाद ढकाल र उपप्रमुखमा विमला थापा छन् । चिङ्गाड गाउँपालिकाको अध्यक्षमा राजन रावत र बराहताल गाउँपालिका अध्यक्षमा गोविन्द पुलामी उम्मेदवार छन् । 

पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा आइतबारसम्म उम्मेदवारको टुङ्गो लागिसकेको छैन । सोमबार जिल्लाका सबै स्थानीय तहमा राप्रपाका उम्मेदवारको टुङ्गो लाग्ने जनाइएको छ ।





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १८:४६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया