बुद्धको विमानभित्र बेवारिसे अवस्थामा भेटियो १० हजार ८ सय अमेरिकी डलर
फाइल तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर शनिबार साँझ प्रहरीले बरामद गरेको छ । 

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्‍याण्ड ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारी प्रहरीले बरामद गरेको हो । 

बरामद डलर आवश्यक कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १९:५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया