कञ्चनपुरमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल, कांग्रेस एक्लै चुनाव लड्ने

कञ्चनपुरमा केन्द्रले जारी गरेको तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस अलग भएको छ । आइतबार अबेर रातिसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय हुन पुगेको समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले जानकारी दिए ।

दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र चार पालिकामा समाजवादीलाई प्रमुखको जिम्मेवारी तोकेको उनले बताए । त्यस्तै, पुनर्वास नगरपालिकाका हकमा प्रमुखको जिम्मेवारी एकीकृत समाजवादी र उपप्रमुखको जिम्मेवारी माओवादीलाई दिइएको छ ।

त्यसैगरी पुनर्वासमा समाजवादीले १, ३, ६, ७ र ८ नम्बर वडामा उम्मेदवार पाउने र माओवादीले २, ४,५, ९, १०, ११ नम्बर वडामा उम्मेदवार पाउने दुई दलीय गठबन्धनका कञ्चनपुर जिल्ला इन्चार्ज र अध्यक्षले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

गठबन्धन टुङ्गिए पनि दुवै पार्टी उम्मेदवार भने सार्वजनिक गरिसकेका छैनन् । निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ता आज ५ बजेसम्म राखेको छ ।  

 





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार ६:५८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया