इलाममा कांग्रेसले टुंगो लगायो उम्मेदवार, कुन पालिकामा को ?

नेपाली कांग्रेसले इलाममा उम्मेदवार टुंगो लगाएको छ । सत्ता गठबन्धनको सहमतिअनुसार आफ्नो भागमा परेका पालिकामा कांग्रेसले उम्मेदवार टुङ्ग्याएको हो ।

इलाम नगरपालिका मेयरमा केदार थापा, उपमेयरमा विष्णु दाहाल निर्वाचन लड्नेछन् । देउमाई नगरपालिका मेयरमा होम दुलाल, सूर्योदय उपप्रमुखमा दुर्गा बराल, माई नगरपालिका उपप्रमुखमा हेमबहादुर लिम्बूले टिकट पाएका छन् । 

रोङ गाउँपालिकाको अध्यक्षमा मणिकुमार स्याङ्बो, उपाध्यक्षमा चन्द्रकला राई, फाकफोकथुम गाउँपालिका अध्यक्षमा डिकबहादुर थापाको नाम टुंगो लागेको छ ।

चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ, माङसेबुङ गाउँपालिकाको अध्यक्षमा डिकेन्द्र इधिङ्गो, सन्दकपुर गाउँपालिकाको अध्यक्षमा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकाको उपाध्यक्षमा प्रविना राईलाई कांग्रेसले उम्मेदवार बनाउने भएको हो ।

इलाममा कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । त्यसअनुसार नेकपा एसले सूर्योदय र माइजोगमाई गाउँपालिका प्रमुख नेकपा एसले पाएका छन् ।

सूर्योदयको प्रमुखमा रणबहादुर राई र माइजोगमाईको अध्यक्षमा जीतबहादुर राईलाई चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एसले सन्दकपुर गाउँपालिकामा उपप्रमुख पाएको छ ।



माओवादी केन्द्रले माई नगरपालिकाको प्रमुख, देउमाई नगरपालिकाको उपप्रमुख, फाकफोकथुम गाउँपालिकाको उपाध्यक्ष चुलाचुली गाउँपालिकाको उपाध्यक्ष पाएको छ । जनता समाजवादी पार्टीले माङसेबुङ गाउँपालिकाको उपाध्यक्ष पाएको छ ।



  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार ९:७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया