एमालेले लगायो लमजुङमा उम्मेदवारको टुंगो, मध्यनेपाल प्रमुखमा राजकुमार श्रेष्ठ

नेकपा एमालेले स्थानीय निर्वाचनका लागि लमजुङका विभिन्न पालिकामा उम्मेदवारको टुंगो लगाएको छ । टुंगो लागेपछि उम्मेदवारहरुले आज मनोनयन दर्ता गर्दैछन् । 

एमालेले लमजुङको बेसिसहर नगरपालिका प्रमुखमा गुमान सिं अर्याल र उपप्रमुखमा पद्मा गुरुङलाई उठाउने भएको छ । त्यस्तै, मध्यनेपाल नगरपालिकामा राजकुमार श्रेष्ठ मेयर र सिता गुरुङ उपमेयरका उम्मेदवार हुने भएका छन् ।

एमालेले सुन्दरबजार नगर प्रमुखमा भीम बहादुर गुरुङलाई मेयरको उम्मेदवार बनाएको छ भने भवानी केसीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, राइनसमा सिंह बहादुर थापा मेयरका उम्मेदवार भएका छन् । एमालेबाट राइनसमा शोभा पन्थी उपमेयरको उम्मेदवार हुने भएकी छिन् ।

लमजुङका दोर्दी, मस्र्याङ्दी, क्व्होलासोथर र दुधपोखरी गाउँपालिकामा क्रमशः युवराज अधिकारी, अर्जुन गुरुङ, सूर्य गुरुङ र तेजबहादुर गुरुङ अध्यक्षका उम्मेदवार भएका छन् । यी गाउँपालिकाहरुमा उपाध्यक्षमा क्रमशः उषा गुरुङ, जुना थापा, गमी गुरुङ, कृष्णमाया गुरुङ उम्मेदवार हुने भएका छन् ।





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १०:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया