काठमाडौं मेयरमा कांग्रेसबाट सिर्जना सिंह मेयर उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उठाउने निर्णय गरेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको भागवण्डामा काठमाडौं महानगर नेपाली कांग्रेसलाई परेको थियो । 

त्यहीअनुसार काठमाडौं महानगरमा सिर्जना सिंहलाई उठाउने कांंग्रेसले निर्णय गरेको हो ।

सिंह लामो समय विद्यार्थी राजनीतिमा संलग्न थिइन् । उनी पछिल्लो समय राजनीतिबाट टाढा रहँदै आएकी थिइन् । योसँगै सिंह अब काठमाडौं मेयरका लागि नेकपा एमालेका केशव स्थापितसँग प्रतिस्पर्धामा उत्रिने भएकी छिन् । 

काठमाडौं महानगरको मेयरका लागि स्वतन्त्रमा र्यापर बालेन शाहलगायत अन्य १६ जनाको उम्मेदवारी परिसकेको छ ।

कांग्रेसकी सिर्जनाले आज दिउँसो शान्तिबाटिकामा उपस्थित भएर उम्मेदवारी दर्ता गराउन जाने कार्यक्रम तय गरिएको छ ।





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार ११:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया