लखनउका कप्तान केएल राहुल तेस्रोपटक कारबाहीमा

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार रातिको खेलमा लखनउले मुम्बई इन्डियन्सविरुद्ध ३६ रनको जित हात पार्‍यो । खेलमा कप्तान केएल राहुलले अविजित १०३ रन बनाए । जारी सिजनमा उनको यो दोस्रो शतकीय पारी हो । 

शतक बनाएर टिमलाई जिताएको खेलमा भने राहुल कारबाहीमा परेका छन् । उनी स्लो ओभर रेटको अपराधमा दोषी ठहरिएकाले उनलाई २४ लाख भारु जरिबाना गरिएको हो । राहुलबाहेक टोलीका अन्य खेलाडीलाई पनि ६ लाख वा म्याच फिको २५ प्रतिशतमा जुन कम हुन्छ त्यो जरिबाना लगाइएको छ ।  

लखउनबाट जारी सिजनमा यसप्रकारको गल्ती दोस्रोपटक भएको हो । यदि जारी सिजनमा फेरि यो टोलीले यस्तो गल्ती दोहोर्‍याएमा कप्तान राहुललाई ३० लाख रुपैयाँ जरिवाना र एक खेलको प्रतिबन्ध लाग्नसक्छ । 

राहुल यो सिजनमा कुल तीनपटक कारबाहीमा परिसकेका छन् । उनी पहिलोपटक मुम्बईविरुद्धकै खेलमा स्लो ओभर रेटका कारण १२ लाख जरिवानामा परेका थिए । त्यो खेलमा पनि अविजित १०३ बनाउँदै राहुलले टिमलाई जित दिलाएका थिए ।  

त्यस्तै, रोयल च्यालेन्जर्स बैंग्लोरसँगको खेलमा आचारसंहिता उल्लंघन गरेको भन्दै राहुललाई म्याच फिको २० प्रतिशत जरिवाना गरिएको थियो । 





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १२:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया