पोखराको मेयरको टिकट पाएपछि थापाले दिए प्रदेश सांसदबाट राजीनामा

पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । आज सभामुख नेत्रनाथ अधिकारीलाई उनले राजीनामापत्र बुझाएका हुन् । थापा ०७४ को चुनावमा कास्की २ (क) बाट निर्वाचित भएका थिए ।

०५४ सालमा तत्कालिन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लागेका हुन् । केही आफ्ना योजनाहरू अधुरा रहेकोले त्यसलाई पूरा गर्न र पोखरा महानगरलाई समृद्ध बनाउन आफुले उम्मेदवारी दिन लागेको बताएका छन् ।

एमालेले आजै दिउँसो १ बजे मनोनयन दर्ता गराउँदै छ । त्यसका लागि तयारी भइरहेको छ । यसअघि दीपक पौडेललाई पोखराको मेयर टिकट दिइएकोमा चौतर्फी आलोचना र विरोधपछि उनको टिकट खोसिएको हो ।

उपमेयरमा भने मञ्जुदेवी गुरुङ नै दोहोरिने भएकी छिन् । यसअघि आफू नउठ्ने बताएकी मञ्जुले थापालाई मेयरको टिकट दिएपछि भने उठ्न राजी भएकी छिन् । 





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १२:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया