नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित मनोनयन दर्ता गर्दै छन् । उनी मनोनयन दर्ता गर्न राष्ट्रिय सभागृहमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।
उनीसँगै एमालेबाट उपप्रमुखको टिकट पाएकी सुनिता डंगोल पनि प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेकी छन् । मनोनयनको दोस्रो दिन सोमबार एमालेका तर्फबाट नगरप्रमुखमा स्थापित र उपप्रमुखमा डंगोलले उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।
शनिबार बसेको एमालेको सचिवालय बैठकले काठमाडौंको प्रमुखमा स्थापित र उपप्रमुखमा डंगोललाई उठाउने निर्णय गरेको थियो । स्थापितले काठमाडौंको मेयरमा उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।
त्यस्तै, काठमाडौंको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट मदनदास श्रेष्ठले उम्मेदवारी दिँदै छन् । उनी पनि मनोनयनको दोस्रो दिन सोमबार निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गर्दै छन् ।
हेर्नुहोस् तस्वीरहरू
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।