एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । 

काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् । 

स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन् । 

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि एमालेले पूर्वमेयर स्थापितलाई नै काठमाडौं मेयरमा अघि सारेको हो । 
 
 





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १३:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया