टिकट वितरणमा असन्तुष्टि : कतै तालाबन्दी, कतै नाराबाजी

यही ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको लागि टिकट वितरणपछि धेरै दलमा असन्तुष्टि बढेको छ । आफू खुसी टिकट वितरण गरेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीलगायत शीर्ष पार्टीभित्र असन्तुष्टि बढेको हो । 

टिकको विषयमा विवाद बढ्दा केही ठाउँमा त कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी नै गरेका छन् । कञ्चनपुरको झलारीमा पनि कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालयमै ताला लगाएका हुन् । 

कार्यकर्ताको भावनाविपरीत आफूनिकटलाई उम्मेदवारको टिकट वितरण गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गर्नुपरेको असन्तुष्ट एक नेताले जानकारी दिए ।

यस्तै, शुक्लाफाँटा नगरपालिका–५ स्थित कांग्रेसको क्षेत्र नम्बर २ को क्षेत्रीय पार्टी कार्यालयमा पनि कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका हुन् । आइतबार एमालेका कार्यकर्ताले पनि शुक्लाफाँटाको टिकट वितरणमा अन्याय भएको भन्दै झलारी बजारमा नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए । 

कञ्चनपुरमा सत्ता गठबन्धन फुटेर कांग्रेस एक्लै चुनाव लड्दैछ । सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर चुनावमा गएको छ ।   





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १४:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया