जनकपुरधाम : दोस्रो दिन नगरप्रमुखमा मनोज, बलराम र वैद्यनाथको मनोनयन दर्ता

आसन्न स्थनीय तहको निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकामा आज दोस्रो दिन पनि मनोनयन दर्ता जारी रहेको छ । 

अहिलेसम्म उपमहानगरको प्रमुखमा स्वतन्त्रबाट बलराम महतो, मनोज साह र वैद्यनाथ साहले उम्मेदवारी दर्ता गराएका छन् । 

आफूले जनकपुरधामको दुर्दशा देखेर नगरप्रमुखमा उम्मेदवारी दिएको महतोले बताए । उनले जनकपुरधाममा जे जति पनि काम भएका छन् त्यसलाई व्यवस्थित गर्न नसकिएकाले उपमहानगरले विकास गर्न नसकेको बताए । 

उनले भने ‘जनकपुरधामको निःस्वार्थ भावले विकास गर्नकै लागि निर्माण व्यवसाय छोडेर नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको छु ।’

त्यस्तै, सत्ता गठबन्धनबाट उपमहानगरको प्रमुख जसपाको भागमा परेपछि नेपाली कांग्रेसबाट राजीनामा दिएका मनोजकुमार साहले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।

'नेपाली कांग्रेस जनकपुरधाममा मजबुत हुँदाहुँदै जसपालाई त्यो सीट दिएर कांग्रेसलाई यहाँ समाप्त पार्ने खेल भएको छ', उनले भने ‘आफूले नेपाली कांग्रेसलाई बचाउनकै लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको छु ।’ 



सञ्चारउद्यमी वैद्यनाथ साहले समेत नगरप्रमुखमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरधाममा सरसफाइ अभियान, असहाय संरक्षण मञ्चको माध्यमले गरिब असहायलाई सहयोग गरेर चर्चा कमाएका साहले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।



अहिले जनकपुरधामको नगरप्रमुखसहितका पदका लागि उम्मेदवारी दर्ता जारी छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिएको थियो । जसअनुसार आज साँझ पाँच बजेसम्म मनोनयन दर्ता हुने छ ।
 

  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १४:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया