लोसपाबाट जनकपुरधामको मेयरमा चौधरी र उपमेयरमा मिश्रको मनोनयन दर्ता

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा रीताकुमारी मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । 

यसअघि जनकपुरधामका उपमेयर रहेकी मिश्रलाई पुनः उपमेयरका लागि नाम टुंगो लगाएको थियो भने मेयरका अर्का आकांक्षी जानकीराम साहले पार्टी परित्याग गरेपछि चौधरी स्वत: सर्वसम्मत सिफारिस भएका थिए । 

उम्मेदवारी दर्ताको क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मेयरका उम्मेदवार चौधरीले जनकपुरधामको चौतर्फी विकास गर्न आफूले उम्मेदवारी दिएको बताए ।

जनकपुरधामबासीले आफूमाथि भरोसा गरेर मत दिने उनको विश्वास छ । उनले शिक्षा, स्वास्थ्य र रोजगारी आफ्नो पहिलो प्राथमिकता रहने बताए । 

त्यस्तै, उपमेयरका उम्मेदवार मिश्रले आफ्नो पहिलो कार्यकालमा बाकी रहेका अधुरा कामहरू पूरा गर्न पुनः दोस्रोपटक उम्मेदवारी दिएको बताइन् । मिश्रले पहिलो कार्यकालमा नगरप्रमुखले आफूलाई काम गर्न नदिएको आरोपसमेत लगाइन् ।





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १५:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया