लोसपा त्यागेर तमलोपा प्रवेश गरेकी विभा ठाकुरले दिइन् जनकपुरधाम प्रमुखमा उम्मेदवारी

आइतबार मात्रै लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरि तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेकी नेतृ विभा ठाकुरले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा मनोनयन दर्ता गरेकी छन् । 

मधेस आन्दोलनको अग्रणी भूमिकामा रहेकी जनकपुरधामकी लोकप्रिय नेतृ विभा ठाकुरले नगरप्रमुखमा उम्मेदवारी दर्ता गरेसँगै महिला नगरप्रमुखको उम्मेदवार संख्या तीन पुगेको हो । 

जनमत पार्टीबाट अनिता साह, नेकपा मसालबाट गीता कुमारी मण्डल र तमलोपाबाट विभा ठाकुर जनकपुरधामको मेयरको उम्मेदवार बनेकी हुन् । 

नेतृ ठाकुरले लोसपाभित्र एकलौटी निर्णय गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गर्दै तमलोपाबाट उम्मेदवारी दिएको बताइन् । 

उनले महिलालाई नेतृत्व सम्हालने अवसर प्राप्त भए निश्चय नै नगरभित्र नयाँ परिवर्तन हुनसक्ने दाबी गरिन । ठाकुरले आफ्नो जीत सुनिश्चित रहेको बताइन् ।





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १५:४५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया