सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आज सम्पन्न खेलमा स्वयम्भु क्लब र मनोहरा युनाइटेड युथ क्लबले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोली १–१ को बराबरीमा रोकिएका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा स्वयम्भु अंक बाँड्न बाध्य बन्यो ।
खेलको ४८ औं मिनेटमा अनिश महर्जनले स्वयम्भूलाई सुरुवाती अग्रता दिलाएका थिए । ८४ औं मिनेटमा सुजन बलम्पाकी मगरले गोल गर्दै मनोहरालाई १–१ को बराबरीमा ल्याए ।
यो बराबरीसँगै मनोहराले दुई खेलमा चार अंक जोड्दा स्वयम्भूको समान खेलबाट एक अंक छ ।
जारी लिगमा १४ टोली सहभागी छन् । जसमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजनमा बढुवा हुँदा पुछारका दुई टोली भने घटुवा हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।