एमालेले टिकट नदिएपछि मेयरमा साह र उपमेयरमा मिश्रको स्वतन्त्र उम्मेदवारी

करिव ५ दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 

मनोनयन दर्ताको पूर्वसन्ध्यामा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा शिवशंकर साह (हीरा) लाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

जानकीरामसँगै उनको प्यानलबाट उपमेयरमा सरोज कुमार मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

तत्कालीन राजपाबाट जनकपुरधाम उपमहानगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित साहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्दै ५ दिनअघि मात्र एमालेमा प्रवेश गरेका थिए । 

साहले टिकट पाउने लोभमा एमाले प्रवेश गरेका थिए । तर, अन्तोगत्वा एमालेको सचिवालय बैठकले आइतबार मध्यराति आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा शिवशंकर साह हीरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

जनकपुरधाममा सुरुमा शिवशंकर साह हीराको मात्र एकल नाम सिफारिस भए पनि लोसपा परित्याग गरी जानकीराम एमालेमा प्रवेश गरेपछि उम्मेदवार छान्न सकस भएको थियो । तर, अन्तोगत्वा हीराले नै बाजी मारे ।





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १६:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया