वीरेन्द्रनगर नगरप्रमुखमा एमालेका चिन्तामणि शर्माको बागी उम्मेदवारी
बागी उम्मेदवारी दर्ता गराउँदै एमाले नेता शर्मा (रातोसर्टमा) । तस्विरः पुनम विसी/फरकधार

वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट बागी उम्मेदवारको समेत उम्मेदवारी परेको छ ।

टिकट वितरणमा एमालेले आफ्नालाई मात्र प्रश्रय दिएको बताउँदै एमालेका चिन्तामणि शर्माले नगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका हुन् ।

पार्टीले एमालेबाट नगरको प्रमुख पदका लागि मोहनमाया ढकाललाई टिकट दिएको थियो । ढकालले पनि एमालेका तर्फबाट वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि नगरपालिकाको उपमेयर पदमा रही काम गरिसकेकी छिन् ।

पार्टीमा योगदान दिएका तथा राजनीतिक रूपमा सक्रिय अग्रज नेता हुँदाहुँदै पनि ढकाललाई टिकट दिएकोमा रुष्ट भएको वीरेन्द्रनगर एमालेको अर्को पक्षले बागी उम्मेदवारी दिएको हो ।

आफूलाई स्वतन्त्र उम्मेदवार बताउँदै शर्माले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

 





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १९:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया