स्थानीय तह निर्वाचन: इलामकाे कुन पालिकामा काेकसकाे उम्मेदवारी ?

स्थानीय तहको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता भएको छ । मनोनयनका लागि दुई दिनको समय तोकिएको भए पनि सोमबार मनोनयन गर्ने दलको लाम लागेको हो । सोमबार अबेरसम्म मनोनयन चलेको थियो ।

जिल्लाको सदरमुकाम समेत रहेको इलाम नगरपालिकामा नेकपा एमालेबाट धिरेन चेम्जोङ र उपप्रमुखमा सीता रिजालले मनोनयन दर्ता गराएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका केदार थापा र विष्णु दाहालले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनमा सामेल नेकपा एकीकृत समाजवादीले पनि छुट्टै उम्मेदवारी दर्ता गराएको छ । नेकपा एसबाट डिकेन्द्र दाहालले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् । राप्रपाबाट माया भट्टराईले नगर प्रमुख र उपप्रमुखमा राजेन्द्र चौहानले उम्मेदवारी दर्ता गराएका छन् ।

माई नगरपालिकाको प्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट खम्बसिंह लिम्बुले प्रमुखमा र हिमा भण्डारीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । गठबन्धनबाट माओवादीका धनबहादुर लिम्बुले प्रमुखमा उम्मेदवारी दिएका छन् ।

माओवादीलाई प्रमुख दिएपछि असन्तुष्ट भएका नेपाली कांग्रेसका अर्जुन काफ्लेले प्रमुखमा उम्मेदवारी दर्ता गराए । माओवादी केन्द्रका नेता भक्तबहादुर लुङ्गेलीले र नेकपा एकीकृत समाजवादीका अनिलकुमार तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका चन्द्रकुमार फागो, राष्ट्रिय जनमुक्तिबाट गंगाप्रसाद थेगीम, र राप्रपाका लालबहादुर थापाले प्रमुखका लागि मनोनयन गरेका छन ।  उपप्रमुखमा गठवन्धनको तर्फबाट कांग्रेसका हेमबहादुर लिम्बु, राजपाबाट रुपमाया लिम्बु, मंगोल नेशनल बाट सपना राईले उम्मेदवारी दिए ।

देउमाई नगरपालिकामा नेकपा एमालेबाट निवर्तमान प्रमुख सूर्य पोख्रेल र उपप्रमुखमा   पविमाई राईले मनोनयन दर्ता गराएका छन् । गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका होम दुलालको उम्मेदवारी परेको छ । उपप्रमुखमा गठबन्धनबाटै माओवादीका राम राईले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको सबैभन्दा ठूलो सूर्योदय नगरपालिकामा एमालेबाट प्रमुखमा निवर्तमान प्रदेश सभासद काजीमान कागते र उपप्रमुखमा निवर्तमान उपप्रमुख दुर्गादेवी भट्टराईको उम्मेदवारी परेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका रणवहादुर राई र उपप्रमुखमा नेपालि कांग्रेसका दुर्गा बरालले मनोनयन दर्ता गराएका छन् ।  



सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा तुलाराम गुरुङ र उपाध्यक्षमा एकीकृत समाजवादीका हरिलुङ्गेलीको उम्मेदवारी परेको छ । त्यस्तै नेकपा एमालेबाट विर्तमान अध्यक्ष उदय राई र उपाध्यक्षमा तुलसादेवी सेडाईँले मनोनयन दर्ता गरेका छन् । एमाले इलामका जिल्ला कमिटी इलामका सचिव उमेश गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले एमालेको सचिवबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन् ।

फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल र उपाध्यक्षमा कल्पना राईको उम्मेदवारी परेको छ । खनाल यसअघिको निर्वाचनमा अध्यक्षमा पराजित भएका थिए । गठबन्धनबाट भने  कांग्रेसका डिकबहादुर थापाले अध्यक्षमा उम्मेदवारी दर्ता गराए कांग्रेसकी भद्रमाया खड्का, माओवादी केन्द्रका कुल बहादुर वान्तवा, मंगोल नेशनल अर्गनाइजेशनका सोनिया योङहाङ लिम्बु र तेज प्रकाश पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।



इलामको रोङ गाउँपालिकामा नेकपा एमालेबाट मेहरमान तामाङले अध्यक्षमा विष्णुमाया भुजेलले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । गठबन्धनबाट कांग्रेसका मणिकुमार स्याङ्वो (सुवास) र उपाध्यक्षमा काँग्रेसबाटै कल्पना भण्डारीले उम्मेदवारी दिएका छन् । यसअघि  कांग्रेसले चन्द्रकला राईलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । तर, उपाध्यक्ष राईले फेरि उपाध्यक्ष बन्न अस्वीकार गरेकी छन् ।

चुलाचुलि गाउँपालिकामा अध्यक्षका लागि   एमालेका ओमनारायण खनाल र उपाध्यक्षमा दिलकुमारी लिम्बुको उम्मेदवारी परेको छ । गठबन्धनबाट अध्यक्षमा  कांग्रेसका राजेन्द्र केरुङले उम्मेदवारी दिए भने उपाध्यक्षमा माओवादी केन्द्रका सुकबहादुर लावतिले मनोनयन गराएका छन् ।

 माइजोगमाई गाउँपालिका अध्यक्षमा  एमालेका कुशबहादुर थेबे र उपाध्यक्षमा सावित्रा भट्टराईको उम्मेदवारी परेको छ । गठबन्धनबाट भने निवर्तमान अध्यक्ष जीतबहादुर राई र उपाध्यक्षमा कांग्रेसबाट प्रविना राईको उम्मेदवारि परेको छ । गठबन्धनमा माईजोगमाईमा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो ।

माङसेबुङ गाउँपालिकाको अध्यक्षमा  एमालेबाट हेमन्त राई र उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष सुनिता राईको उम्मेदवारी परेको छ । गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसबाट निवर्तमान अध्यक्ष डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जनता समाजवादिबाट विनोद नेम्माङको उम्मेद्वारी परेको छ ।

  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार ६:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया