धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा गएराति तीनजना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा तीन जनाकै मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका तीनजना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीन जनाकै सनाखत हुन बाँकी रहेको छ । 

सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको थियो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १०:४०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया