कर्णाली प्रदेश : मेयरमा चार महिलाको उम्मेदवारी

कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी परेको हो । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र कालीकोटको खाडाँचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका हुन् ।

वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन् । ढकाल यसअघि वीरेन्द्रनगरको उपमेयर र खड्का यसअघि वडा सदस्य थिइन् ।

त्यस्तै, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा नेतृ धिरिन्द्रा उपाध्याय (भृकुटी) ले रास्कोट नगरपालिकाको मेयरमा  स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् ।    





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार ११:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया