च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र रियल मड्रिड भिड्दै

युइएफए च्याम्पियन्स लिगअन्तर्गत आज सेमिफाइनलमो पहिलो लेगमा इंग्लिस क्लब म्याचनेस्टर सिटीले स्पेनको रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार राति पानै एक बजे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ । सिटी घरेलु मैदानको फाइदा उठाउँदै जित निकालेर फाइनल यात्रा सहज बनाउँने दाउमा हुनेछ । 

रियल पनि अबे मैदानमा जित हात पार्दै फाइनल सम्भावनालाई बलियो बनाउने प्रयासमा हुनेछ । दुई उपाधि दाबेदार टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान लयाउन सकिन्छ । 

इतिहाद स्टेडियमको इतिहास हेर्ने हो भने रियलले हालसम्म यहाँ जित हात पार्न सकेको छैन । उसले तीन खेल खेल्दा दुई बराबरी र एक हारको नतिजा निकालेको छ । 

रियलले सन् २०११–१२ को सिजनमा १–१ तथा २०१५–१६ मा गोररहित बराबरी खेल्दा २०१९–२० मा २–१ को पराजय बेहोरेको थियो । 

हालसम्म च्याम्पियन्स लिगमा हालसम्म ६ खेलमा एक अर्काको सामना गर्दा सिटी र रियल समान दुई खेलमा विजयी हुँदा दुई खेल बराबरीमा सकिएको छ । 



यी दुई सन् २०११–१२ को सिजनमा पहिलोपटक एक अर्काको सामना गरेका थिए । घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा भएको उक्त खेल रियलले १–० ले आफ्नो पक्षमा पारेको थियो । 

सन् २०१९–२० को सिजनमा भएको पछिल्लो भेटमा घरेलु टोली सिटी २–१ ले विजयी भएको थियो ।



सिटी यसैलाई निरन्तरता दिने सोचमा हुनेछ । रियल पनि पछिल्लो भेटमा बेहोरेको हारको बदला लिँदै सिटीलाई स्तब्ध पार्ने प्रयासमा हुनेछ ।

  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १४:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया