उपचाररत ६ खेलाडीलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइरहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । 

६ खेलाडीलाई मंगलबार पाँच लाख ५६ हजार ८४३ रुपैयाँ हस्तान्तरण गरिएको हो । एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान एक लाख २५ हजार रुपैयाँ प्रदान गरियो । 

भलिबलकी रिया कुँवरले ६३ हजार ९२९, आइटिएफ तेक्वान्दोका दीपक गौतमले ८७ हजार ९१४, करातेकी कोपिला विष्टले ७५ हजार र ब्याडमिन्टनकी सिमा राजवंशीले ८० हजार प्राप्त गरे । 

विष्णुलाई पक्षघात हुँदा दीपक काँध, रिया, सीमा र कोपिला घुँडा तथा केसी हातको चोटको उपचार गराइरहेका छन् । 

कोषका अध्यक्ष तथा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कोषका सदस्य–सचिवसमेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायत पदाधिकारीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १५:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया