आणविक शक्तिलाई निरन्तरता दिने किमको उद्घोष
फाइल तस्वीर

उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक हतियार बढाउने प्रतिबद्धता जनाएका छन् । 

सोमबार राति आयोजित एउटा सैन्य परेडलाई सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने बाचा गरेका हुन् । 

उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ल्यालिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रदर्शन गरिएको थियो । उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक मार्चमा सबैभन्दा ठूलो आइसीबीएम परीक्षण गरेको थियो । 

परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा चर्को आलोचना भएको थियो । उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अमेरिकाले ऊमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । 

परमाणुअस्त्र बोक्न सक्ने गरी बनाइएका ती क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता अमेरिकासम्म छ ।





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १५:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया