एन्फा महिला संघमा पेमा निवार्चित

पेमा डोल्मा लामा अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघको अध्यक्षमा निर्वाचित भएकी छन् । 

उनले एन्फा कम्प्लेक्समा मंगलबार भएको निर्वाचनमा आफ्नी एकमात्र प्रतिद्वन्द्वी विमला पौडेललाई पराजित गरेकी हुन् । कुल ४२ मतमध्ये लामाले ३६ र पौडेलले ६ मत प्राप्त गरे । 

उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली विजयी भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ मत प्राप्त गरे । उपाध्यक्षकी अर्की उम्मेदवार रमा भट्टराईले सात मत प्राप्त गरिन् ।

सदस्यका लागि सात जनाको मात्रै उम्मेदवारी परेपछि निर्वाचन समितिले उनीहरुलाई सर्वसम्मत सदस्य घोषणा गरेको थियो । 

संघको सदस्यमा वृन्दा देवान, दीपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्र भण्डारी र बिना श्रेष्ठ सर्वसम्मत चुनिएका हुन् । 





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १५:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया