सुनको भाउ बुधबार प्रतितोलामा ३ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३ सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।