भारतमा रथ यात्राका क्रममा करेन्ट लाग्दा दुई बालबालिकासहित ११ जनाको मृत्यु

दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेहरूमा दुईजना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् ।

उक्त घटनालाई लिएर प्रहरीमा उजुरी गरिएको छ । रथ चलाउने जेनेरेटर सडकको घुम्तीमा अड्किएको उद्धार सेवाका अधिकारी भानुप्रियाले बताए । यसलाई मिलाउन खोज्दा रथको माथिल्लो भाग हाइभोल्टेजको तारसँग छोइएको थियो । 

सडकमा पानीको खाल्डो नभएको भए मृतकको संख्या अझै बढी हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् । रथसँगै हिँडेका करिव ५० भक्तजन केही सेकेन्डअघि मात्रै घटनाबाट जोगिन पन्छिएका थिए । 





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १३:११:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया