आश्विनले टी–२० क्रिकेटमा बनाए नयाँ कीर्तिमान

भारतीय स्पिनर रविचन्द्रन आश्विनले नयाँ कीर्तिमान नाममा बनाएका छन् । उनले टी–२० मा सर्वाधिक विकेट लिने भारतीय बलरको कीर्तिमान बनाएका हुन् । 

राजस्थान रोयल्सबाट आइपिएल खेलिरहेका आश्विनले लिगअन्तर्गत गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) विरुद्ध तीन विकेट लिएसँगै यो कीर्तिमान आफ्नो नाममा गराए । 

उनले रजत पाटिदार, शाहबाज अहमद र सुयश प्रभुदेसाईलाई आउट गरेका थिए । योसँगै टी–२० क्रिकेटमा आश्विनको विकेट संख्या २७१ पुगेको छ । यसअघि यो कीर्तिमान पियूष चावलाको नाममा थिए । उनले २७० टी–२० विकेट हात पारेका छन् ।

तीन विकेट लिएसँगै आश्विनको आइपिएल विकेट संख्या १५२ पुगेको छ । उनी आइपिएलमा १५० विकेटको आँकडा पूरा गर्ने छैटौं भारतीय बलर पनि बनेका छन् ।  

यसअघि अमित मिश्रा (१६६), पियुष चावला (१५७), युजवेन्द्र चहल (१५७), भुवनेश्वर कुमार (१५१) र हरभजन सिंह (१५०) ले यो उपलब्धि हात पारिसकेका छन् । 





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १३:२१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया