ओलीलाई गगनको एडभाइज - 'बूढा बा' धेरै​ सनक्क सन्किँदा आफ्नै शरीरलाई अफ्ठ्यारो पर्न सक्छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झूट बोल्ने गरेको बताएका छन् । उनले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीको झूटलाई च्यालेन्ज गर्ने व्यक्तिलाई पागल भन्ने गरेको बताए ।

'तपाईंलाई याद छ केपी ओलीले को-कोलाई पागल भन्नुहुन्छ ? केपी ओलीले झूट बोल्नुहुन्छ, कोही आँट भएको मान्छे आएर तपाईं झूट बोल्दै हुनुहुन्छ भन्ने भयो भने सनक्क सन्केर पागल भन्नुहुन्छ । तपाईंलाई थाहा पहिला कसलाई भन्नुभएको थियो सुशीला कार्की, गोविन्द केसीलाई । उहाँको झूटलाई च्यालेन्ज गर्नेलाई भन्ने भनेको पागल हो,' उनले भने ।

उनले ओलीलाई आफ्नो प्रशंसाको एकलाप सुन्ने बानी लागेकाले एकपछि अर्को झूटको पर्दाफास हुँदा आत्तिएको बताए । उनले ओली रिसाए भन्दैमा सत्य बोल्न नछाड्ने जिकिर गरे । उनले ओलीलाई धेरै रिसाउँदा आफ्नाे शरीरलाई हानि गर्ने भन्दै सचेत हुने सुझाव दिए ।

उनले भने 'ओलीलाई आफ्नो प्रशंसाको एकालाप सुन्ने बानी लागेकाले एकपछि अर्को झूटको पर्दाफास गरेको सहन सक्ने कुरै भएन । सनक्क सन्कनु भयो । केपी ओलीलाई रिस उठ्यो भनेर सत्य बोल्न छोड्ने कुरा भएन । उहाँको झूटलाई ठीक हो भन्ने भएन । कालोलाई सेतो भन्ने कुरा भएन । सत्य बोली राख्ने भनि राख्ने हो । खाली एउटा मात्र एडभाइज के हो भने बूढा बा धेरै सनक्क सन्किँदै गर्दा कहिलेकाहीँ शरीरलाई अफ्ठ्यारो पर्न सक्छ ।'  





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १५:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया