च्याम्पियन्स लिग : लिभरपुललाई भिल्ला रियलको चुनौती

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्ला रियलको सामना गर्दैछ । 

खेल नेपाली समयअनुसार राति पौने एक बजे लिभपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । 

योर्गेन क्लोपको प्रशिक्षणमा रहेको लिभपुलर घरेलु मैदानको फाइदा उठाउँदै जित हात पारेर फाइनल सम्भावनालाई बलियो बनाउने सोचमा छ । 

१६ वर्षपछि युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइलनमा पुगेको भिल्ला रियल पनि लिभरपुललाई उसकै घरमा स्तब्ध पार्ने सोचमा छ ।   

मुख्य प्रशिक्षक युनाइ एम्री क्लबलाई पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउने लक्ष्यमा छन् । 

पछिल्लो समय निकै लयमा देखिएका दुई टोलीबीचको देल निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । 



लिभरपुलले पोर्चुगिज क्लब बेन्फिका तथा भिल्ला रियलले जर्मन जायन्ट बायर्न म्युनिखको चुनौतीलाई पन्छाउदै सेमिफाइनलमा स्थान बनाएका हुन् । 



हेड टु हेड

यी दुई पहिलोपटक च्याम्पियन्स लिगमा एक अर्काको सामना गर्दैछ । तर, यसअघि लिभरपुल र भिल्ला रियल युरोपा लिगको सेमिफाइनलमा भिडेका थिए । 
सन् २०१५/१६ मा समग्रमा भिल्लारियलमाथि ३–१ को जित निकाल्दै लिभरपुल युरोपा लिगको फाइनल पुगेको थियो । 

उक्त सेमिफाइलनको पहिलो लेगमा लिभरपुल ३–०ले विजयी हुँदा दोस्रो लेगमा भिल्ला रियललाई १–० ले नजिता सुम्पिएको थियो । 

पछिल्लो पाँच खेलमा अपराजित रहेका दुवै टोलीले समान तीन जित र दुई बराबरीको नतिजा निकालेका छन् । 

  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १५:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया