ओलीलाई लजिक होइन म्याजिक मन पर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखमा अङ्गार भएकाले कालो ओकल्ने गरेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले कालो ओकल्ने गरेको टिप्पणी गरेका हुन् । 

ओलीले मंगलबार एक कार्यक्रममा कांग्रेसको घोषणापत्रको सन्दर्भलाई उल्लेख गर्दै महामन्त्री थापाले ओलीले मुख छाड्नु नौलो कुरा नभएको बताए । उनले मुखमा अङ्गार हुनेले कालै ओकल्ने बताए । ओलीले आफूले बोलेको झुटलाई चुनौती दिने मानिसलाई सनक्क सन्किएर पागल भन्ने गरेको पनि उनले बताए । 

ओलीले विगतमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र चिकित्सक गोविन्द केसीलाई पनि पागल भनिसकेको उल्लेख गरे । महामन्त्री थापाले ओलीलाई आफ्नो प्रशंशाको एकलाप सुन्ने बानी भएको भन्दै कांग्रेसको घोषणापत्रले उनको झूटको पर्दाफास गरेकाले रिस उठेको बताए । उनले ओलीलाई लजिक मन नपरेर म्याजिक मन पर्ने गरेको टिप्पणी गरे । घोषणापत्रमा लजिकको कुरा भएको र म्याजिकको कुरा नभएकाले ओलीलाई मन नपरेको उनको भनाइ छ । 

उनले केपी ओलीलाई ट्युसन पढाउन बालकोट जाने बताए । ओलीले आफूले अघि सारेको समुन्नत नेपालको अवधारणालाई चोरेको आरोप लगाएको भन्दै उनले आफ्नो समुन्नत नेपालको अवधारणा र ओलीको समृद्धिको अवधारणाको बीचको फरकका बारेमा पढाउन बालकोट नै जानुपर्ने भएको बताए । 

उनले ओलीको समृद्धिमा अहंकार भएको बताए भने आफ्नो समुन्नत नेपालमा मानिसको जीवनमा भएको दुःखलाई समाधान गर्ने खोजि भएको उल्लेख गरे ।
थापाले ओलीको समृद्धि र आफ्नो समुन्नत नेपालको अवधारणाको सम्बन्धमा नेकपा(एमाले)का नेताहरूसँग बसेर बहस गर्न तयार रहेको चुनौती पनि दिए । उनले स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १७:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया