कांग्रेसले टिकट नदिएपछि विराटनगरका मेयर पराजुलीले दिए राजीनामा
फरकधार / १४ बैशाख, २०७९

विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बुधबार पदबाट राजीनामा दिएका छन्। उनी ०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मेयरमा विजयी भएका थिए । 



यसपटकको निर्वाचनमा पनि उनले टिकट दाबी गरेका थिए । पार्टीले मेयरको टिकट नदिएपछि उनी असन्तुष्ट बनेका थिए । मेयर पराजुलीले बुधबार  ‘नैतिकताको आधारमा राजीनामा दिएको’ उल्लेख गरेका छन्।

पराजुलीले बुधबार महानगरमा राजीनामा पत्र बुझाएका हुन् । निर्वाचन कार्यक्रम सुरू भइसकेको अवस्थामा मेयरको जिम्मेवारीमा रहिरहनु उचित नहुने भएकाले नैतिकताका आधारमा राजीनामा दिएको उनले उल्लेख गरेका छन् । 



विराटनगरमा गठबन्धनबाट कांग्रेसकै नागेश कोइरालाले मेयरको टिकट पाएका छन् । पराजुलीले राजीनामाको मुख्य कारण नैतिकता उल्लेख गरे पनि पनि टिकट वितरणको असन्तोषका कारण कार्यकाल बाँकी रहँदै पद छाडेको बताइएको छ । 



०७४ को स्थानीय निर्वाचनमा कांग्रेसको कोइराला समूहको पहलमा उनले टिकट पाएका थिए । १४औँ महाधिवेशनमा शेखर समूह छाडेर उनी संस्थापन समूहमा प्रवेश गरेका थिए । 

पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका कोइराला पछिल्लो समय कृष्णप्रसाद सिटौलानिकट भनेर चिनिएका थिए । 

  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १८:३६:५,   अन्तिम अपडेट : बैशाख १५, २०७९ बिहीबार ७:०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया