यी हुन् २०१८ का टप १० हलिउड फिल्म

 

१.अ क्वाइट प्लेस


जोन क्रान्सिस्कीको लेखन र निर्देशन रहेको यो फिल्ममा उनकी श्रीमती म्यारी पापिन्स क्लन्टले पनि अभिनय गरेकी छिन् । यसमा एलियनको हमलामा आफूलाई बचाउनेको कहानी समावेश छ । यसको एलिएन पात्र यस्तो छ, जसले कुनै पनि आवाज सहन सक्दैन । यस फिल्ममा जोनको परिवार, अर्थात् उनकी श्रीमती र छोरीलाई यसरी बस्नुपर्ने छ कि सानो आवाज पनि उनीहरूको मुखबाट निस्किनुभएन । आवाज निकालेको खण्डमा उनीहरू सबैलाई एलियनले खानेछ ।

यो एक थ्रिलर फिल्म हो, जसमा काल्पनिक दुनियाँमा रहेर पनि साँच्चिकै डरको अनुभूति गराउँछ । हरेक सिनमा रोमान्स छ । फिल्मका पात्रहरू ज्यान बचाउन खाली खुट्टा हिँड्छन् र एक–अर्कासँग कुराकानी गर्नुपर्यो भने सांकेतिक भाषाको प्रयोग गर्छन् । तपाईंहरू उनीहरूको चतुर्याइँ देखेर छक्क पर्नुहनेछ । फिल्ममा जुन डरले उनीहरू बाँचिरहेका हुन्छन्, त्यसले तपाईंलाई पनि आफैँले भोगेजस्तै गरी डर लाग्नेछ । 

२. सपलिफ्टर 


जापानी फिल्ममेकर हिरोबाजु कोरे–एडा को यो फिल्म चोरहरूको कथामा बनेको छ । उनीहरू बच्चा चोर्ने र यस्तै अन्य साना–तिना कार्यमा संलग्न भएर आफ्नो जीविका गरिरहेका हुन्छन् । चोरहरूको संयुक्त परिवार हुन्छ । यस परिवारका मुखिया ओसामु हुन् । उनकी श्रीमती पनि छिन्, जसको नाम हो, नोबुयो ।



टोकियोको एक सानो भवनमा बसिरहेको यो परिवार आफ्नो जीविकोपार्जन गर्नका लागि केही वैधानिक र यसका अलावा खर्च जुटाउन चोरी र अन्य अपराध गर्छन् । निर्देशकले यो फिल्ममा चोरी र अपराध गर्नुलाई प्रोत्साहन त गरेका छैनन्, तर फिल्म हेर्दा कसैलाई पनि फिल्मका पात्रप्रति नराम्रो भाव भने उत्पन्न हुँदैन । बरु यी पात्रलाई देख्दा करुणाको भाव जागेर आउँछ ।

तपाईंलाई लाग्नेछ कि जीवन चलाउन अवैधानिक काम गर्न पनि आवश्यक पर्दाे रहेछ । एक–अर्कासँग घनिष्ट माया र सद्भाव राख्ने यस परिवारको कहानीले कान फिल्म फेस्टिबलमा पाम डी ओर पुरस्कार सम्मान पाएको थियो । 



३. कोल्ड वार


पोल्यान्डको यो फिल्म १९५० को दशकको कहानी हो, जब युरोपमा पूर्व र पश्चिमबीच शितयुद्ध सुरु भएको थियो । पूर्वी र पश्चिमी युरोपबीच फलामको पर्खाल खडा भएको थियो । यस फिल्ममा एक प्रेमजोडीको कथा छ, जो एक–अर्काविना बाँच्न नसक्ने भए पनि सँगै हुन सक्दैनन् । भिक्टर र जुला संगीतका पारंगत हुन्छन् ।

निर्देशक पावेल पावलिकोवस्कीको यो फिल्म उनको ओस्कार जित्ने फिल्म इडाभन्दा अगाडिको कहानी भएको बताउँछिन् । एक–अर्कासँग भेटेर पनि यो प्रेमजोडी सन्तुष्ट हुन सक्दैनन् । निर्देशक पावेल भन्छन् कि यो उनको बाबा–आमाको कहानी हो । उनीहरूबीच जति नै झगडा भए पनि उनीहरू एक–अर्काबीच बाँच्नै नसक्ने हुन्छन् । 

ब्ल्याक र ह्वाइट पर्दामा सुट गरिएको यो फिल्ममा शीतयुद्धताकाका ऐतिहासिक विषयवस्तु समेटिएको छ । 

४. इफ बिल स्ट्रिट कुड टक 


यो कहानी एक युवाप्रेमी जोडीको हो । स्टिफन जेम्स र किकी लेनले यस फिल्ममा प्रेमजोडीको भूमिका निभाएका छन्, जो गरिबी, पुलिसको यातना र नक्सलवादको कारणले एक–अर्काबाट छुट्टिन पुग्छन् ।

जेम्स बाल्डविनको उपन्यासमा आधारित यो फिल्मलाई बैरी जेनकिङ्सले निर्देशन गरेका हुन् । यसलाई रंगभेदका कारण त्यतिवेलाको समाजमा सम्बन्धमा पारेको कुरालाई देखाउन खोजिएको फिल्मका रूपमा पनि बुझ्न सकिन्छ । तर, बैरी जेनकिन्सले यस फिल्मलाई रुमानी तकलिफको नजरबाट प्रस्तुत गरेका छन् । जहाँ प्रेमले जिन्दगीका घाउहरूमा मलम लगाउने काम गरेको छ ।

फिल्मका पात्र डेब फ्र्यांक भन्छन्, ‘म ती मान्छेको खोजीमा छु, जो एक–अर्कालाई माया गर्छन्, कालो होस्, गोरो होस्, हरियो होस् या कुनै पनि रंगको होस् त्यसले मलाई फरक पार्दैन ।’ बैरी जेनकिन्सनले एक सशक्त फिल्म बनाएका छन् । 

५. द फेबरेट


ग्रिक योर्गस लैन्थिमोलाई समाजको वास्तविक तस्बिरलाई सटिक रूपमा चित्रण गर्न सक्ने निर्देशकका रूपमा चिनिन्छ । तर, उनको यो फिल्म अंग्रेजी शाही परिवारमा आधारित एक ऐतिहासिक फिल्म हो । बिस्तारै कथावस्तुतिर लैजाने यो फिल्मले दर्शकको मुडलाई भिन्नै तरिकाले बदलिदिन्छ र यो चलचित्र निकै संवेदनशील छ ।

फिल्ममा हरेक पात्रको अभिनय धेरै सशक्त रहेको छ । यो फिल्मले सत्रौँ शताब्दीमा ब्रिटिस शाही परिवारको कहानी हो । जसमा बिरामी महारानी एन आफ्नो नजिककी मित्र सारा, इचेन्ज अफ मार्लबोरोको सहायताले महत्वाकांक्षी सामन्तीलाई सहयोग गर्छिन् । तर, जब फिल्ममा साराकी काकाकी छोरी उमा स्टोनको प्रवेश हुन्छ, तब राजमहल होइन षड्यन्त्रको अड्डा हुन्छ ।

धेरैसँग यौन सम्बन्ध राख्दै जान्छिन् र महारानीको निकट हुने रेस सुरु हुन थाल्छ । डेबोरा डेभिस र टोनी मैक्नमाराको कहानी रोचक छ । फिल्मका तीन पात्रको अभिनयले तपाईंलाई धेरै प्रभावित गर्नेछ । 

६. स्पाइडरम्यानः इन टु द स्पाइडर वल्र्ड


यो वर्ष सुरपस्टारमा आधारित भएर धेरै फिल्म बने । ब्लायाक प्यान्थमा अफ्रिकी मूलका मान्छेका नयाँ उचाइको साथ प्रस्तुत गरिएको छ । यसको अलावा द एभेन्जर्स सिरिजको नयाँ भाग इन्फिनिटी वारमा धेरै पात्रहरूको लाम लागेको थियो । तर, स्पाइडरम्यानः इन टु द स्पाइडर वल्र्ड एकदमै फरक कथा प्रस्तुत गरिएको छ ।

यो फिल्म अन्य बनेका एक्सन फिल्मभन्दा फरक छ । यसमा डिजिटल पात्रलाई एनिमेसनको सहायताले रोचक र सन्तुलित कलाकारिता प्रस्तुत गरिएको छ । यो फिल्म एउटा कमिक्सको किताबभन्दा ज्यादा लाग्छ । स्पाइडरको थिमलाई लिएर निर्माण गरिएको यो फिल्म तपाईंलाई स्पाइडर आफ्नै वरिपरि भएको अनुभव हुनेछ । यसमा न्युवर्कको ब्रुकलिनमा बस्ने एक केटाको कहानी छ ।

स्पाइडरम्यानमा अभिनय गरेका दुई पात्र स्टेन ली र स्टिभ डिटको यसै वर्ष मृत्यु भएको थियो । यो फिल्म हेर्नु उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्नका निम्ति सबैभन्दा राम्रो उपाय हो । 

७. द राइडर 


चिनियाँ निर्देशक क्लोए झाओको लेखन तथा निर्देशनको दोस्रो फिल्म हो । यो एक युवा रोडियो राइडर जैनड्रुको कथा हो, जसको टाउकोमा घोडाले चोट पुर्याउँछ । उसलाई थाहा छ कि फेरि पनि ऊ घोडासवारीको दुनियाँ फक्र्याे भने उसले आफ्नो जीवनलाई दाउमा लगाउनुपर्नेछ ।

घोडाकै कारण उसको धेरै नजिकको साथीको ज्यानमा गहिरो चोट पुगेको छ । तर, ब्रेडीका लागि अरू केही गर्नुको विकल्प थिएन । चोट बिस्तारै निको हुन लागेको उसको कहानीलाई क्लोएले निकै मार्मिक र संवेदनशील तरिकाले देखाएका छन् ।

उनले फिल्ममा केही काल्पनिकता र केही वास्तविकतालाई सन्तुलित रूपमा देखाउने प्रयास गरेका छन् । बे्रडी जुन स्थानमा बस्छन्, त्यस स्थानलाई अमेरिकाको बाइल्ड वेस्टले चिनिने गर्छ । 

८. लिभ नो ट्रेस


अमेरिकी निर्देशक डेब्रा ग्रेनिकको यो फिल्म अमेरिकी सिमान्तकृत समाजका विषयलाई उठान गरेर बनाइएको फिल्म हो । आठ वर्षअघि डेब्राले नै बनाएको फिल्म विन्टर्सले निकै चर्चा पाएको थियो ।

यस फिल्ममा युद्धबाट फर्केको एक वृद्धको कथा छ । उनी घना जंगलमा बस्छन् । उनकी सानी उमेरकी छोरी थोमासिन म्याकेन्जीले पनि राम्रो अभिनय गरेकी छिन् । यो फिल्मले बाबा र छोरीबीचको सम्बन्धलाई धेरै नै मार्मिक ढंगले चित्रण गरेको छ । छोरीलाई महसुस हुन्छ कि जुन तरिकाको जिन्दगी उनको बाबाले बाँचिरहेका छन्, त्यस्तो जीवन ऊ बाँच्न सक्दिन । त्यसकारण उसले त्यहाँ नबस्ने निर्णय गर्छे र भावविभोर हुँदै आफ्नो बाबालाई बिदाइका हात हल्लाउँछे ।

९. फर्स्ट म्यान


यो फिल्म चन्द्रमामा पहिलोपटक पाइला राख्ने मान्छे निल आर्मस्ट्रङको जीवनकथामा आधारित फिल्म हो । उनको यो रोेल रेगान गासलिङले निभाएका छन् । यो चलचित्रको निर्देशन ड्यामियन शजेलले गरेका हुन् । फिल्ममा एउटा मान्छेले चन्द्रमासम्म पुग्न गरेको संघर्ष र उसले त्यहाँ पुगेर खेप्नुपरेका अनेकौँ कठिनाइलाई फिल्मले देखाएको छ ।

यस चलचित्रको सबैभन्दा राम्रो पक्ष के छ भने उक्त पात्रले चन्द्रमा पुग्दा उसलाई कुनै सुपरहिरोको रोलमा नदेखाएर एउटा सामान्य मान्छेले त्यहाँ पुग्न जस्तो संघर्ष र कठिनाइ भोग्छ, त्यसलाई वास्तविक ढंगले चित्रण गरेको छ । उक्त पात्रका सफलताका कुरा मात्र नभएर ऊ असफल भएको कुरालाई पनि फिल्ममा देखाइएको छ । ऊ पनि एउटा आममान्छे हो, उसलाई पनि तनाव हुन्छ, उसलाई पनि डर लाग्छ भन्ने देखाइएको छ ।

कतिलाई सिनेमामा निलको भूमिका निर्वाह गरेका पात्र अधिकांश समय मौन रहनुपरेका कारण ननिको लाग्न सक्ला । आफ्नो निजी जीवनको पर्वाह नगरेर त्यहाँसम्म पुग्न कति मिहिनेत गर्नुपर्यो भनेर बुझ्नका यो सिनेमा अति नै उत्तम हुन सक्छ । उसले गरेको संघर्षलाई फिल्ममा अति नै संवेदनशील तवरले प्रस्तुत गरिएको छ । 

अन्त्यमा हामी सबैलाई लाग्न सक्छ कि चन्द्रमामा पुग्न सफल भएको मान्छे फेरि पृथिवीमा खुसी हुन सक्ला ? 

१०. स्विट कन्ट्री


या फिल्मलाई अस्ट्रेलियाको इतिहासलाई सबैभन्दा सशक्त रूपमा चित्रण गर्ने फिल्मभन्दा फरक नपर्ला । अस्ट्रेलियाको मूल निवासी पात्रमा आधारित यस फिल्ममा राज्य व्यवस्था, गुलामी, कानुन, धर्म र आदिवासीको समाजलाई मुख्यधारमा राखी तिनीहरूमाथि सन्तुलित रूपमा चर्चा गर्ने प्रयास यो फिल्मले गरेको छ ।

श्याम आफ्नी श्रीमतीको हत्यारालाई छुरा प्रहार गरेर फरार हुन्छ । रेगिस्तानमा ऊ कानुनसँग लुकीछिपी गर्छ । फिल्म कहिले फ्ल्यास्ब्याकमा जान्छ त कहिले आउनेवाला समयलाई देखाउँछ ।

फिल्मको हरेक सिन, हरेक फ्रेममा कोही न कोही उसको टार्गेट हुन्छ । गोराहरूसँग भिडन्त हुँदा प्रायः अस्टे«लियाका मूल निवासी चुप रहन्छन् । फिल्मका मुख्य पात्र शयामको भूमिका निभाउने कलाकार हेमिल्टन मारिसले राम्रो भूमिका निर्वाह गरेका छन् । यो फिल्मले आदिवासीलाई न्याय दिलाउने प्रयास गरेको छ । 

  • प्रकाशित मिति : पुस १६, २०७५ साेमबार १५:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया