अमेरिकाकी उपराष्ट्रपति ह्यारिसलाई कोरोना संक्रमण
फाइल तस्वीर

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट संक्रमित भएकी छन् । मंगलबार कोरोना परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

'उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,' उनका प्रवक्ताले भनेका छन् ।  

प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले निवासमै आइसोलेसनमा बसे पनि भित्रै बसेर गर्न मिल्ने कतिपय कामहरू भने निरन्तर गरिरहेको उल्लेख छ ।

उनी राष्ट्रपति जो वाइडेन तथा प्रथम महिलासँग भौतिक निकटतामा भने नरहेको पनि प्रवक्ताले जानकारी दिए । 





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १९:४८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया