राष्ट्रिय सिनियर फुटबल टोलीका नौ खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग असन्तुष्टि देखाउँदै क्याम्प छाडेका छन् ।
अब्दुल्लाहले टोलीका अनुभवी डिफेन्डर रोहित चन्दलाई क्याम्प छाड्न भनेपछि अन्य खेलाडीले पनि त्यसमा असन्तुष्टि देखाउँदै टोली रहेको होटल छाडेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार रोहितसहित सुजल श्रेष्ठ विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, विमल घर्तीमगरलगायत खेलाडी बुधबारको बन्द प्रशिक्षणमा सहभागी थिएनन् ।
नेपाल अहिले एएफसी एसियन कप २०२३ को छनोटको अन्तिम चरणका तयारीमा छ । स्रोतका अनुसार मुख्य प्रशिक्षक अलमुलाइरीले उनीहरूको स्थानमा जुनियर खेलाडीलाई बन्द प्रशिक्षणमा बलाउने तयारी गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।