जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु सही होइन : किरण चेम्जोङ
फाइल तस्बिर

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग असन्तुष्टि जनाउँदै  क्याम्प छाडेका खेलाडीलाई समर्थन गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खेलाडीलाई समर्थन गरेका हुन् । व्यावसायिक फुटबलका लागि माल्दिभ्समा रहेका किरणले प्रशिक्षकले गरेको व्यवहारप्रति आफ्नो असन्तुष्टि रहेको बताएका छन् ।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु,’ किरणले भनेका छन् ।

प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षणमा रहेका ९ खेलाडीले बन्द प्रशिक्षण छाडेका हुन् । नेपाल अहिले एएफसी एसियन कप २०२३ छनोटको अन्तिम चरणका लागि तयारी गरिरहेको छ । 





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार ६:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया