अग्रता जोगाउन नसक्दा बोलोग्नासँग इन्टर मिलान स्तब्ध

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा उपाधि होडमा रहेको इन्टर मिलान पराजित भएको छ । इन्टर घरेलु टोली बोलोग्नासँग २–१ ले पराजित भएको हो । 

रेनाटो डल’आरा स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर स्तब्ध भयो । खेलको तेस्रो मिनेटमै इभान पेरिसिचले  इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा मार्को अर्नाउटोभिचले बोलोग्नालाई १–१ को बराबरीमा ल्याए । ८१ औं मिनेटमा निकोला सान्सवनले गोल गर्दै घरेलु टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए ।

यो हारसँगै शीर्ष स्थानमा उक्लने मौका गुमाएको इन्टर ३४ खेलमा ७२ अंक जोडेर दोस्रो स्थानमा छ । जित निकालेको बोलोग्ना समान खेलबाट ४२ अंकका साथ १३ औं स्थानमा छ । 





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार ७:५०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया