कसैले घमण्ड नगर्दा हुन्छ, हामीसँग सबै उपकरण छन् : पुटिन
फरकधार / १५ बैशाख, २०७९

युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘विजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न सक्दैन, आवश्यक परेमा हामी तिनीहरूलाई प्रयोग गर्नेछौं’, राष्ट्रपति पुटिनले भनेका छन् ।



उनको पछिल्लो भनाइलाई ब्यालिस्टिक मिसाइल र आणविक हतियारहरूको प्रयोगसँग जोडिएको छ । ती उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने निर्णय पहिले नै भइसकेको उनले बताए । तर, त्यसबारे पुटिनले विस्तृत रूपमा भने खुलाएनन् ।

यसअघि रुसले आणविक हमला गर्न सक्ने चेतावनी दिएको थियो । युक्रेनका सहयोगीहरूले हतियारको आपूर्ति बढाएका छन् । युक्रेनले रुसी सेनालाई पराजित सुनिश्चित गर्ने अमेरिकाले वाचा गर्दै आएको छ । पूर्वी युक्रेनमा आफ्नो प्रयासमा रुसी सेनालाई बाधा अड्चन आएको पश्चिमी अधिकारीहरूले बताएका छन् ।



राजधानी किभबाट फर्किएपछि गत साता रुसले दोसनबास क्षेत्रलाई नियन्त्रण गर्न प्रमुख हमला गरेको थियो । तर, युक्रेनी फौजलाई पराजित गर्न कठिन भइरहेको र त्यहाँ पनि रुसले क्षति सामना गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।  



  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार ८:४३:०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया