एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ । आज तोलामा १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाबी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । 

चाँदीको भाउ पनि आज प्रतितोलामा २० रुपैयाँले घटेको छ । बुधबार १ हजार ३ सय ४० मा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार ११:५५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया