काठमाडौंलाई महान घर बनाउने क्षमता सिर्जना सिंहमा छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहमा काठमाडौंलाई महान घर बनाउन क्षमता भएको बताएका छन् । राजधानीमा आयोजित काठमाडौं महानगर प्रमुख पदमा उमेदवार सिर्जना सिंह संकल्प पत्र प्रस्तुत कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सिर्जना सिंहबाट म्याजिकको अपेक्षा नगर्न आग्रह गर्दै उनले भने, 'सिर्जन सिंहलाई आज हामीले उम्मेदवारका रूपमा प्रस्तुत गरेका छौँ । तपाईं सिर्जना सिंहबाट चमत्कार, यहाँ आएर धाराप्रवाह यो त्यो उडन्ते कुराको अपेक्षा गर्नुहुन्छ भने तपाईंको अपेक्षा होइन रहेछ भन्ने लाग्छ । तपाईं सिर्जना सिंहबाट सबै कुरा थाहा छ, मैले त नजित्ने कुरै छैन, मेलै दुई लाख भोट ल्याउँछु भन्ने अहंकारको अपेक्षा गर्नुहुन्छ भने तपाईं सिर्जना सिंहबाट त्यो पाउनुहुन ।'

उनले आम मतदातालाई सिर्जनासँगै गठबन्धनका अन्य उम्मेदवारलाई जिताएर काम गर्ने अवसर सिर्जना गर्न आग्रह गरे ।





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार १३:२१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया