अघिल्लो पटक सूर्यमा भोट हाल्नुभयो, यस पटक रूखमा हाल्नुहोस् : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याउन अपिल गरेका छन् ।

बिहीबार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धता पत्र सर्वाजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । 

उनले कांग्रेसले जनताका समस्यालाई समाधान गर्नसक्ने मेयरको रुपमा काठमाडौं महानगरपालिकामा महिलालाई मेयरमा उठाएको दाबी गरे । 

महामन्त्री थापाले कागजमा महिलालाई बराबर हक, अधिकारको कुरा गरेर बाहिर दोस्रो दर्जाको सोच्ने प्रवृत्तिलाई हटाउन आवश्यक रहेको बताए ।

'कागजमा मात्रै महिलालाई दोस्रो दर्जाको नागरिक होइन बराबर हो भनेर हुन्छ, व्यवहारमा त्यो अधिकार प्रयोग गर्न आउँदै गर्दा होच्याउने हो ? अघिल्लो पटक सूर्यमा भोट हाल्नुभयो, छोडिदिनुहोस् यस पटक रूखमा हाल्नुहोस् । फेरि अर्कोपटक सूर्यमा हाल्नुहोला । लडाइँ घरभित्र पनि छ, महिलाको लडाइँ सजिलो छैन,’ उनले भने ।

महामन्त्री थापाले साना साना काठमाडौंवासीका समस्या समाधान गर्छु भनेर लाग्ने महिलालाई स्थान दिन चुकेमा काठमाडौंवासीले स्वच्छ, हराभरा र सुरक्षित काठमाडौंको कल्पना गर्न नसक्ने बताए ।





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार १५:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया