मुस्ताङको कागबेनीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ तीर्थयात्री बोकेर गएको ना ५ क २१५९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।
मुस्ताङको वारागुङ गाउँपालिका-१ मा दुर्घटनामा परेको बसमा ३८ जना तीर्थयात्री रहेको बताइएको छ । बसले स्कुटरलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घाइतेहरूको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रशासनले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।