केशव स्थापितको बचाउमा ओलीको प्रतिक्रिया : चुनाव आयो कि 'मी टू' आउँछ
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावका बेला 'मी टू' मुद्दा उठाइने गरेको टिप्पणी गरेका छन् । 

एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले चुनावका बेला उम्मेदवारको चरित्र हत्या गर्न ‘मी टु’को मुद्दा उठाइने गरिएको टिप्पणी गरेका हुन् ।

एमालेले काठमाडौं महानगरपालिकाका मेयरमा 'मी टू'को आरोप लागेका केशव स्थापितलाई उम्मेदवार बनाएको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

अध्यक्ष ओलीले कार्यक्रममा बोल्दै काठमाडौंको मेयरमा अनुभवी र उत्साह कायम रहेका स्थापितलाई अघि सारेको तर उम्मेदवारको चरित्र हत्या गर्न ‘मी टु’ अभियान ल्याउने बताए । उनले 'मी टू'को कुनै जवाफ नभएको तर्क गरे ।

ओलीले भने, ‘मि टु' कतिबेला आउँछभन्दा चुनाव आयो कि 'मी टु' आउँछ । यस्ता बेलामा चरित्र हत्याका कुरा आउँछन् । 'मी टु'को के जवाफ हुन्छ ? हामी यस्ता कुरामा होइन, महान् विषयमा अगाडि बढेका छौं ।’
 
उनले स्थापनाकालदेखि महिलाको अस्मिताको रक्षा, महिला अधिकार र सुरक्षाको एमाले सम्मानमा गर्ने गरेको बताए । उनले चुनावका बेला उम्मेदवारको चरित्र हत्याको प्रयास गरिएको भन्दै भ्रमपूर्ण प्रचारलाई निरुत्साहित गर्नुपर्ने बताए ।





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार १९:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया