विज्ञहरू भन्छन् - कोरोना सकिएको छैन, लापरबाही नगर्नू

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको संख्या बढेर फेरि तीन हजारभन्दा बढी हुन थालेको छ । 

केही समय अगाडि दैनिक संक्रमितहरूको संख्या घटेर एक हजारभन्दा कम भएकोमा अहिले फेरि दिनप्रतिदिन बढ्दै गएको छ ।

दैनिक संक्रमितहरूको संख्या फेरि बढ्न थालेपछि स्वास्थ्य विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । 

उनीहरूले भनेका छन्, 'अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम कम भएको मात्रै हो, कोरोना भाइरस पूर्ण रुपमा हटेको होइन, त्यसैले लापरबाही नगर्नू ।'

धेरै नागरिकले महामारी अन्त्य भएको झै लापरबाही गरेको पाइएकाले सबैलाई तत्काल सचेत बनाउनु पर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् ।  

एएनआईसँगको अन्तर्वार्ताको क्रममा टाटा इन्स्टिच्युड फर जेनेटिक्स एण्ड सोसाइटी बैंग्लोरका निर्देशक डा राकेश मिश्रले कोरोना भाइरसको महामारी फेरि फैलिन सक्ने बताए ।



उनले अहिले पनि पहिलेकै जस्तै उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिदै लापरबाही गरिएमा फेरि अर्को ठूलो क्षति भोग्नु पर्ने चेतावनी दिए । 

उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा हातमा सेनिटाइजर लगाउने लगायतका कार्य अहिले पनि गर्न सबैको ध्यानाकर्षण गराए ।



  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार २०:३४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया