खुल्ला पौडी २२-२३ वैशाखमा, १५० खेलाडी सहभागी हुने

२४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता २२-२३ वैशाखमा हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २२-२३ वैशाखमा हुने जनाएको हो । 

प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ । प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरि करिब १५० जना खेलाडीको सहभागिता हुने संघले जनाएको छ  ।

दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९ औ विश्व पौडी प्रतियोगिता, नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र चीनमा हुने एसियन गेम्सलाई  मध्यनजर गरेर आयोजना गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएको छ ।

यस प्रतियोगिता १९ औं  विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एशियाली खेलको लागि पहिलो चरणको छनौट प्रतियोगिता समेत रहेको संघले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले नगद १० हजार प्राप्त गर्ने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए ।





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार २०:३८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया