युराेपा लिगमा फ्रान्कफुर्टकाे राेमाञ्चक जित

युरोपा लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली फ्रान्कफुर्ट विजयी भएको छ । ऊ गएराति भएको खेलमा इंग्लिस क्लबलाई वेस्टह्याम युनाइटेडलाई २–१ ले हराउँदै विजयी भएको हो । 

वेस्टह्यामकाे घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा फ्रान्कफुर्टलाई जित दिलाउन एन्सगर कनाैफ र दाइची कामदाले एक/एक गाेल गरे । घरेलु टाेलीका लागि माइकल एन्टोनियोले एक गाेल फर्काए । खेलकाे पहिलाे मिनेटमै कनाैफले फ्रान्कफुर्टलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२१ औं मिनेटमा एन्टाेनियाेले वेस्टह्यामलाई २-१ काे बराबरीमा ल्याए । ५४ औं मिनेटमा कामदाले गाेल गरेपछि पाहुना टाेलीले २-१ काे राेमाञ्चक जित निकाल्याे ।

दोस्रो लेग पाँच मेमा फ्रान्कफुर्टकाे घरेलु मैदान ड्यूश बैंक पार्कमा हुनेछ । सेमिफाइनल पहिलाे लेग अन्तर्गत नै भएकाे अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिगले स्कटिस क्लब रेन्जर्समाथि १-० काे कठिन जित हात पारेकाे छ ।





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार ७:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया